२०८३ श्रावण ११ गते , सोमबार

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘बोर्डर इन्टरयाक्सन टिम’ परिचालन

sajilo news
झापा
२०८३ श्रावण ११ गते , सोमबार
काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘बोर्डर इन्टरयाक्सन टिम’ परिचालन

सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित आइतबारबाट झापाको काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीले ‘बोर्डर इन्टरयाक्सन टिम’ (बीआईटी) परिचालन गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हे.क्वा.काँकडभिट्टाका अनुसार सशस्त्र प्रहरी नायव निरीक्षकको कमान्डमा पाँच महिलासहित १४ जना सादा पोसाकमा बीआईटी परिचालित भएका हुन् । जसमा दुईजना सशस्त्र प्रहरी नायव निरीक्षक, एक जना सशस्त्र प्रहरी सहायक निरीक्षक, एक जना वरिष्ठ हवल्दार, एक जना हवल्दार, तीनजना सहायक हवल्दार र बाँकी जवान रहेका छन् ।

बीआईटीमा सशस्त्र प्रहरीकै जनशक्ति रहने र उनीहरू बर्दीमा नभई सादा पोसाकमा खटिएका छन् ।
सीमा पार गर्ने सर्वसाधारण विशेष गरी महिला तथा बालबालिका र बृद्धबृद्धालाई आवागमनमा सहयोग गर्ने, शङ्कास्पद व्यक्तिहरूको निगरानी, सीमा नाकाबाट हुने मानव बेचबिखन रोक्ने तथा उद्धार गर्ने, जाली नोट, लागूऔषध तथा प्रतिबन्धित सामाग्री ओसारपसार जस्ता अपराध नियन्त्रण गर्ने बीआईटीको कर्तव्यभित्र पर्दछ ।

सम्बन्धित समाचार