२०८३ श्रावण १३ गते , बुधबार
देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला
झापाको देउनिया खोलाको पुलमुनि एउटा बेवारिसे शव फेला परेको छ ।
आज साँझ ६ बजे बिर्तामोड– भद्रपुर रोडअन्तर्गत बिर्तामोड ८ स्थित देउनिया पुलमुनि बेबारिसे शब फेला परेको हो । मृत्यु हुने व्यक्तिलाई हिजोदेखि त्यही स्थानमा सुतेको अबस्थामा स्थानीयले देखेका थिए ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएर मुचुल्का उठाउँदै गरेको जनाइएको छ ।