२०८३ श्रावण १७ गते , आईतबार

जङ्गली हात्तीले भद्रपुरमा तीन घर भत्कायो

sajilo news
झापा
२०८३ श्रावण १६ गते , शनिबार
जङ्गली हात्तीले भद्रपुरमा तीन घर भत्कायो

झापाको भद्रपुर नगरपालिका–२ गौरीशंकरमा गएराति  जङ्गली हात्ती गाउँ पसेर तीन घर तथा भकारीमा भण्डारण गरिएको अन्नबालीमा पूर्ण क्षति पुर्‍याएको छ।

जंगली हात्तीले राति करिब २ बजेको समयमा स्थानीय विष्णु तामाङ, छेना माया लिम्बू र बुद्धिमान तामाङको घर भत्काउँदै भकारीमा राखिएको धान र कोदो नष्ट गरिदिएको छ।  घटनापछि नेपाल रेडक्रस सोसाइटी महेशपुर उपशाखाको टोली घटनास्थलमा पुगेर क्षतिको स्थलगत निरीक्षण तथा तथ्याङ्क सङ्कलन गरेको छ। उपशाखाले पीडित परिवारलाई आवश्यक राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित सरकारी निकायसँग समन्वय र सहजीकरणको प्रक्रिया अघि बढाएको जनाएको छ।

पछिल्लो समय झापाका विभिन्न क्षेत्रमा जङ्गली हात्ती मानव बस्तीमा प्रवेश गर्ने घटना बढ्दै गएको छ। यसबाट स्थानीयवासी त्रसित बनेका छन्। स्थानीयले जङ्गली हात्तीको प्रवेश रोक्न दीर्घकालीन तथा प्रभावकारी उपाय अवलम्बन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

सम्बन्धित समाचार