२०८३ श्रावण २४ गते , आईतबार

खाना पकाउने ग्यास ७ हजारमा बेच्ने व्यापारी पक्राउ

sajilo news
काठमाडौं
२०८३ श्रावण २३ गते , शनिबार
खाना पकाउने ग्यास ७ हजारमा बेच्ने व्यापारी पक्राउ

खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा भक्तपुरमा एक जना पक्राउ परेका छन्।  उपभोक्तालाई प्रतिसिलिण्डर सात हजारका दरले ग्यास बिक्री गरेको भन्ने सूचनाका आधारमा भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटका ५७ वर्षीय तुलसीराम त्वयनालाई आज प्रहरीले पक्राउ गरेको हो। 

निजले सञ्चालन गरेको किराना पसलबाट तीन थान सिलिण्डर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दिपककुमार कार्कीले जानकारी दिए।

सम्बन्धित समाचार