२०८३ श्रावण २७ गते , बुधबार

झापाको चारआलीमा जबरजस्ती करणी गरी भारत भागेका डङ्गोल पक्राउ

sajilo news
झापा
२०८३ श्रावण २७ गते , बुधबार
झापाको चारआलीमा जबरजस्ती करणी गरी भारत भागेका डङ्गोल पक्राउ

झापाको मेचीनगर नगरपालिका-१३ चारआलीस्थित ओझा होटलमा एक महिलालाई जबरजस्ती करणी गरी भारत भागेका ललितपुर महानगरपालिका १६ बस्ने ४७ वर्षीय प्रवेक डङ्गोल पक्राउ परेका छन् ।

हिजो दिउँसो ३ बजे भारतबाट नेपालतर्फ आउँदै गर्दा काँकडभिट्टा बसपार्कमा उनलाई पक्राउ गरिएको हो । डङ्गोल भारतबाट नेपालतर्फ आउँदैछन् भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय काँकडभिट्टासँग समन्वय गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पाँच महिनाअघि गत फागुन २५ गते राति मेचीनगर नगरपालिका१३ चारआलीस्थित ओझा होटलमा ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरी उनी फरार भएका थिए । सामाजिक सञ्जाल टिकटकमार्फत चिनजान भएपछि डङ्गोलले ललितपुरबाट झापा आएर ती महिलालाई जबरजस्ती करणी गरेका थिए ।

सम्बन्धित समाचार