२०८३ श्रावण २९ गते , शुक्रबार

बिर्तामोडबाट ९ लाखको भन्सार छलीका सामान बरामद

sajilo news
झापा
२०८३ श्रावण २९ गते , शुक्रबार
बिर्तामोडबाट ९ लाखको भन्सार छलीका सामान बरामद

झापाको बिर्तामोडमा भन्सार छली गरी ल्याएको ९ लाख ५ हजार ४५ं रुपैयाँ अवैध सामान बरामद गरिएको छ ।  इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले हिजो साँझ ५ बजे बिर्तामोड नगरपालिका-५ को त्रिवेणी टोलस्थित शनिश्चरे रोडबाट ९ लाख ५ हजार ४५ं रुपैयाँ मूल्य बराबरको सामान बरामद गरेको हो ।

बरामद गरिएका सामानहरुमा हुडी, ज्याकेट , केटाकेटीको टाउजर, विभिन्न प्रकारका भेष्ट ,अमूल पिज्जा चिज , दूध पाउडर, मिल्किस्ट चिज बिस्कुट ,हल्दिरामको पालक पनिर पाउडर हल्दिरामको मटर पनिर ,मिश्रीलगायत रहेका छन् । बरामद गरिएको सामान भन्सार बुझाउने तयारीमा रहेको जनाइएको छ ।

सम्बन्धित समाचार