मेचीनगरका पुरुषमा देखियो जापानिज इन्सेफ्लाइटिस
झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) का सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो समय मेचीनगरमा एकजना पुरुष संक्रमित थपिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) का सङ्क्रमितहरूको सङ्ख्या १० पुगेको छ । त्यसमध्ये पाँच जनाको मृत्यु भइसकेको छ ।
मृत्यु हुनेहरूमा तीनजना पुरुष र दुईजना महिला रहेका छन् । मेचीनगरका ४ , हल्दिवारीका १ , बाह्रदशीका १ , कचनकवलका १ , बिर्तामोडका २ र अर्जुनधाराका १ गरी ६ पुरुष र चार महिलामा जापानिज इन्सेफ्लाइटिस (जेई) को संक्रमण देखा परेको हो । त्यसमध्ये पाँच जनाको मृत्यु भइसकेको ,दुईजना उपचारमा रहेको र तीनजना डिस्चार्ज भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
संक्रमितहरु अधिकांश ५० वर्ष माथिका छन् । सङ्क्रमितमा एकजना बालक ७ महिनाका र एकजना ४० वर्ष उमेरको रहेको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले बताए ।
लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफ्लाइटिस (जेई) का कारण पछिल्लो चार महिनामा झापामा ५ जनासहित देशभरमा १३ जनाको मृत्यु भएको छ ।
सम्बन्धित समाचार
कनकाईस्थित विद्युतीय शवदाह गृह कहिले सञ्चालनमा आउँछ ?
प्रियंका कार्कीको ‘मास्टर्नी’ लाई एडल्ट सर्टिफिकेट, १६ बर्ष मुनिकालाई देखाउन नपाइने
भारतको ८०औँ स्वतन्त्रता दिवस : १ करोड युवालाई एआई सम्बन्धी तालिम दिइने प्रधानमन्त्रीको घोषणा