२०८३ भाद्र १ गते , सोमबार

१५ बुँदे माग राख्दै आजदेखि देशभरका म्यानपावर बन्द

sajilo news
काठमाडौं
२०८३ भाद्र १ गते , सोमबार
१५ बुँदे माग राख्दै आजदेखि देशभरका म्यानपावर बन्द

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आजदेखि देशभरिका म्यानपावरहरू बन्द गर्ने भएका छन्। सरकारलाई दिएको अल्टिमेटममा सहमति हुन नसकेपछि म्यानपावर व्यवसायीहरूले आजदेखि श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गर्ने भएका हुन्।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सेवा शुल्क परिमार्जन लगायत १५ बुँदे माग अघि सारेको छ। ती माग सम्बोधन नभएको भन्दै व्यवसायीहरूले देशभरिका म्यानपावर कार्यालय बन्द गर्ने निर्णय गरेका हुन्। 

संघका अध्यक्ष डिकबहादुर खत्रीका अनुसार वार्ता र आन्दोलनका कार्यक्रमलाई सँगसँगै अगाडि बढाइएको र युवा श्रम तथा रोजगार मन्त्रालयमा आज छलफल हुँदैछ। 

शुक्रबार पनि मन्त्रालयसँग भएको छलफलमा व्यवसायीले अघि सारेका मागका विषयमा गराउँदै आफ्ना धारणा राखेका थिए। त्यस्तै मन्त्रालयका तर्फबाट भइरहेको प्रगति तथा कार्य विवरणका विषयमा मन्त्रालयका अधिकारीहरूले धारणा राखेका थिए।

संघले ७ साउनमा व्यवसायीहरूको विशेष भेला आयोजना गरेर सरकारसँग १५ बुँदे माग राखेको थियो। जसमा वैदेशिक रोजगारीमा जाने श्रमिकले म्यानपावर व्यवसायीलाई दिनुपर्ने सेवा शुल्क निर्धारण गरिनुपर्ने, वैदेशिक रोजगार विभागले गरेको कारबाही फिर्ता लिनुपर्नेलगायतका मुख्य माग छन्।

सम्बन्धित समाचार