२०८३ भाद्र २० गते , शनिबार

भद्रपुरमा सिटी सफारीको ठक्करबाट पैदल यात्रीको मृत्यु

sajilo news
झापा
२०८३ भाद्र २० गते , शनिबार
भद्रपुरमा सिटी सफारीको ठक्करबाट पैदल यात्रीको मृत्यु

झापाको भद्रपुरमा सिटी सफारीको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । भद्रपुर नगरपालिका–२ चारआलीमा शुक्रबार साँझ ६ः४५ बजे सिटी सफारीको ठक्करबाट भद्रपुर–२ का ६४ वर्षीय पूर्णबहादुर पराजुलीको मृत्यु भएको हो।

धिमालधुराबाट चारआलीतर्फ जाँदै गरेको प्र–१–०१–००२ ह ८४६८ नम्बरको सिटी सफारीले पैदल यात्री पराजुलीलाई पछाडिबाट ठक्कर दिँदा उनको दाहिने घुँडा, छाती र टाउकोमा चोट लागेको थियो । घाइतेलाई उपचारको लागि ओम साई पाथीभरा अस्पताल भद्रपुर लगिएकोमा राति ९ः५० बजेको उपचारको क्रममा मृत्यु भएको हो । यता इलाका प्रहरी कार्यालय पृथ्वीनगरले सिटी सफारी र चालकलाई नियन्त्रणमा लिएको छ । 

सम्बन्धित समाचार