२०८३ भाद्र २२ गते , सोमबार

ब्राउन सुगर नेपाल सप्लाइ गर्न खोज्ने एकजना पक्राउ

sajilo news
झापा
२०८३ भाद्र २२ गते , सोमबार
ब्राउन सुगर नेपाल सप्लाइ गर्न खोज्ने एकजना पक्राउ

नेपालमा लागूऔषध सप्लाइ गर्न खोज्ने एक जना तस्करलाई भारतको किशनगञ्ज प्रहरीले ४२.८३ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा २६ वर्षीय सुजित प्रधान रहेका छन् । उनी पश्चिम बङ्गाल दार्जिलिङका हुन् । बरामद लागूऔषधको अन्तर्राष्ट्रिय बजारमा लगभग १० लाख रुपैयाँ मूल्य अनुमान गरिएको छ। भारतीय प्रहरीले लागूऔषध विरुद्धको विशेष अभियान जारी राखेको जनाएको छ।

सम्बन्धित समाचार