२०८३ भाद्र २२ गते , सोमबार
सशस्त्र प्रहरीद्वारा भद्रपुरमा ब्राउन सुगरसहित एक युवक पक्राउ
सशस्त्र प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ९ स्थित लखीवारी निवासी १९ वर्षीय जनक माझी रहेका छन् ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मेचीपारिबाट खटिएको टोलीले आइतबार दिउँसो ४ः१० बजे भद्रपुर नगरपालिका–३ स्थित झोलुङ्गे पुल क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री माझीलाई शंका लागि चेकजाँच गर्ने गर्दा १६ ग्राम ब्राउन सुगर, नेपाली नगद ७१० तथा १ थान नेपाली नागरिकता फेला परेको थियो ।
उनलाई लागूऔषध तथा सामानसहित नियन्त्रणमा लिई आवश्यक कानूनी कारबाहीका लागि वडा प्रहरी कार्यालय भद्रपुरमा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेक्वा झापाका सूचना अधिकारी तथा डीएसपी मदनकुमार रसाईलीले जानकारी दिए ।