२०८३ भाद्र २२ गते , सोमबार

सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

sajilo news
रासस
२०८३ भाद्र २२ गते , सोमबार
सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

सुनसरी ।  सुनसरीको कोशी गाउँपालिका-६ लाही टोलका एक युवकको साेमबार बिहान चट्याङ लागेर मृत्यु भएको छ। कोशी गाउँपालिका-६ का २६ वर्षीय पप्पु यादव भैँसी चराउन गएकाबेला पानीसँगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेडक्वाटर सुनसरीका प्रमुख शसस्त्र प्रहरी उपरीक्षक लवकुमार सापकोटाले जानकारी दिए।

मृतक यादवको शव पोस्टमार्टमका लागि अहिले जिल्ला अस्पताल इनरुवा पठाइएको छ भने घटना सम्बनधमा थप अनुसन्धान भइरहेको प्रमुख सापकोटाले बताए।

सम्बन्धित समाचार