२०८३ भाद्र २२ गते , सोमबार

बाढीपीडितका लागि होटल तथा संस्थाबाट राहत सामग्री सहयोग 

sajilo news
काठमाडौं
२०८३ भाद्र २२ गते , सोमबार
बाढीपीडितका लागि होटल तथा संस्थाबाट राहत सामग्री सहयोग 

विकास रौनियार । धादिङमा बाढीबाट प्रभावित परिवारका लागि विभिन्न होटल तथा संघसंस्थाले राहत सामग्री सहयोग गरेका छन्। बाढीपीडितको तत्कालीन आवश्यकता पूरा गर्न ९ सिलिन्डर ग्यास, १५ बोरा चामल, २ पोका तेल, १० पोका चाउचाउ, १ बोरा भुजा, १५ प्याकेट नुन र ३५ जोर कपडा सहयोग गरिएको छ। यस्तै, ९ पोका तरकारीसमेत उपलब्ध गराइएको छ।

राहत सामग्री संकलन तथा सहयोगमा कैलालीका सत्कार होटलका धन चोकाल, बुटवल न्यू श्रेष्ठ होटलका देवी श्रेष्ठ, काठमाडौँका टिकटक होटलका कृष्ण कार्की तथा नेपाली होटल व्यवसायी संघका केन्द्रीय अध्यक्ष गणेश ढकाललगायतको सहयोग रहेको जनाइएको छ। जिल्ला होटल संघ धादिङका सल्लाहकार तथा बेनीघाट रोराङ गाउँपालिका-३ सलाङघाटका होटल व्यवसायी सन्तोष थापाले बाढीपीडितको आवश्यकतालाई ध्यानमा राख्दै होटल व्यवसायीहरू थप सहयोगका लागि तयार रहेको बताएका छन्।

उनले विपद्को अवस्थामा पीडित परिवारलाई आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा तथा दैनिक उपभोग्य सामग्रीका लागि जिल्ला होटल संघले सम्बन्धित पक्षसँग सहकार्य गर्न तयार रहेको बताए। सन्तोष थापाले भने, “बाढीपीडितलाई आवश्यक परेको अवस्थामा जिल्ला होटल संघ सहकार्य र सहयोग गर्न तयार छ।” बाढीबाट विस्थापित परिवारहरू विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका बेला खाद्यान्न, लत्ताकपडा तथा दैनिक उपभोग्य सामग्रीको सहयोगले उनीहरूको तत्कालीन आवश्यकता पूरा गर्न केही सहज हुने अपेक्षा गरिएको छ। 

सम्बन्धित समाचार