२०८३ भाद्र २३ गते , मंगलबार

दमकमा ब्राउन सुगरसहित दुई भारतीय कारोबारी पक्राउ

sajilo news
झापा
२०८३ भाद्र २३ गते , मंगलबार
दमकमा ब्राउन सुगरसहित दुई भारतीय कारोबारी पक्राउ

झापाको दमकमा लागूऔषध ब्राउन सुगरसहित दुई भारतीय कारोबारी पक्राउ परेका छन् । आज दिउँसो १ बजे लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका २ बाट लागू औषधसहित दुई भारतीय कारोबारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भारत बिहार जिल्ला अररिया बौकामजरफ ठेगाना भएका वर्ष १९ का मोहम्मद फिरोज र भारत बिहार जिल्ला अररिया बौकामजरफ ठेगाना भएका वर्ष २५ का चन्द्रकुमार मण्डल रहेका छन् । उनीहरूको साथबाट ४१।२३० ग्राम ब्राउन सुगर फेला परेको लागू औषध नियन्त्रण व्यूरोले जनाएको छ ।

सम्बन्धित समाचार