२०८३ भाद्र २३ गते , मंगलबार

सूर्य प्लाइउड भद्रपुरमा मार्बलले थिच्दा एक कामदारको मृत्यु

sajilo news
झापा
२०८३ भाद्र २३ गते , मंगलबार
सूर्य प्लाइउड भद्रपुरमा मार्बलले थिच्दा एक कामदारको मृत्यु

झापाको भद्रपुरस्थित सूर्य प्लाइउड फ्याक्ट्रीमा निर्माणाधीन भवनका ल्याइएको मार्बलले थिच्दा एक कामदारको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–कोटेश्वर, राम मन्दिर क्षेत्रमा बस्दै आएका करिब ३१ वर्षीय राजेन्द्र खड्का रहेका छन्। 

मंगलबार दिउँसो करिब १२ः४५ बजे भद्रपुर नगरपालिका–५ स्थित सूर्य प्लाइउड फ्याक्ट्रीमा निर्माणाधीन नयाँ भवनको लागि ल्याएको मार्बल अनलोड गर्ने थिच्दा खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

भवनमा प्रयोगका लागि ल्याइएको मार्बललाई मे १ ज २२१८ नम्बरको बोलेरो पिकअपबाट अनलोड गर्ने क्रममा मार्बल खड्कामाथि खसेर थिचेको थियो। घटनामा गम्भीर घाइते भएका खड्कालाई उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पताल लगिएको थियो। उनको सोही अस्पतालमा उपचारको क्रममा दिउँसो २ बजेर २० मिनेटमा मृत्यु भएको थियो । 

घटनाको जानकारी पाए लगत्तै वडा प्रहरी कार्यालय भद्रपुरको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरेको थियो ।  मृतकका आफन्तसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। हाल मृतकका शव सोही अस्पतालमा रहेको जनाइएको छ । 

सम्बन्धित समाचार