२०८३ भाद्र २४ गते , बुधबार
बिर्तामोडमा अनलाइन सट्टाबाजीको आरोपमा तीनजना पक्राउ
झापाको बिर्तामोडबाट अनलाइन सट्टाबाजीको आरोपमा तीनजना पक्राउ परेका छन् । आज बिहान ९:३० बजेतिर बिर्तामोड नगरपालिका-४ स्थित वृक्ष क्याफेबाट उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्ने युवाहरूको परिचय खुलाइएको छैन । उनीहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिएको छ ।
पक्राउ परेका युवाहरूको बारेमा अनुसन्धान भइरहेको र अनुसन्धानपछि प्रेस विज्ञप्ति जारी गरिने जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीले बताए । बिर्तामोडमा गैर कानुनी रुपमा अनलाइन जुवा खेलाउनेहरूको सङ्ख्या बढ्दै गएको छ । तीन महिनाअघि पनि बिर्तामोडमा अनलाइन सट्टाबाजीको आरोपमा दुईजना युवक पक्राउ परेका थिए ।