२०८३ भाद्र २४ गते , बुधबार

भद्रपुरका उत्कृष्ट विद्यार्थीलाई ल्यापटपदेखि सेवानिवृत्त शिक्षकलाई सम्मानसम्म

sajilo news
पार्थ मण्डल
२०८३ भाद्र २४ गते , बुधबार
भद्रपुरका उत्कृष्ट विद्यार्थीलाई ल्यापटपदेखि सेवानिवृत्त शिक्षकलाई सम्मानसम्म

भद्रपुर । भद्रपुर नगरपालिकाले नगरका सर्वोत्कृष्ट तीनजना विद्यार्थीलाई ल्यापटप, दुई दर्जनबढी विद्यार्थीलाई पुरस्कृत तथा सेवानिवृत्त शिक्षक तथा कर्मचारीहरूलाई सम्मान गरेको छ । 

नगर शिक्षा, युवा तथा खेलकुद शाखाले अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर एसइई परीक्षामा ३.९६ जीपीए ल्याउने तीन विद्यार्थीलाई ल्यापटप, कक्षा ८ को परीक्षामा उत्कृष्ट जीपीए ल्याउने २३ विद्यार्थीलाई पुरस्कृत तथा सेवा निवृत्त २३ जना शिक्षकलाई सम्मान गरेको हो ।

भद्रपुर–६ स्थित कृष्ण द्वैपायन वेद विद्याश्रम गुरुकुलको सभा हलमा आयोजित समारोहमा २०८२ सालको एसइई परीक्षामा नगर क्षेत्रबाट सामुदायिक विद्यालयतर्फ ३.९६ जीपीए ल्याउने वीरेन्द्र मावि चन्द्रगढीका छात्र शंशाक गुरागाईँ, छात्राहरू सन्जना घिमिरे र अशंसा आचार्यलाई एक/एक थान ल्यापटप वितरण गरिएको थियो । त्यस्तै कक्षा ८ को परीक्षामा सामुदायिक विद्यालयतर्फ ८ जना र संस्थागत विद्यालयतर्फ १५ जना गरी २३ जना विद्यार्थीलाई पुरस्कृत गरिएको छ । 

सामुदायिकतर्फ वीरेन्द्र माध्यमिक विद्यालयका प्रमोद नेपाल, धिरज राजवंशी, प्रनिस श्रेष्ठ, प्रकृति अधिकारी, आकांक्षा अधिकारी, निष्ठा नेपाल र अंकिता अधिकारी तथा हिमाली माध्यमिक विद्यालयका सौरभ रिमाल रहेका छन्। त्यस्तै, संस्थागततर्फ हिमालय इङ्लिस स्कुलका सरूप रेग्मी र आयुषा गुरुङ, प्रज्ञा एकाडेमीका आर्यन प्रधान, दिग्गज न्यौपाने, बोनिस भट्टराई, शिवांस अधिकारी, स्वस्तिका सिग्देल, युना निरौला, दीप्ति दाहाल र प्रत्युषा घिमिरे, ग्यालेक्सी इङ्लिस स्कुलका समर्पण भण्डारी, विदुर इङ्लिस स्कुलकी सिया गुरुङ, ग्रिनफिल्ड इङ्लिस स्कुलकी शिखा सारु मगर, आदर्श नमुनाकी ग्रिष्मा तिम्सिना तथा सिद्धार्थ इङ्लिस स्कुलकी रोजिशा ठटाल रहेका छन्।

त्यस्तै सेवा निवृत्त शिक्षक तथा कर्मचारीहरू पुहातु जनज्योति माध्यमिक विद्यालयका कौशिलादेवी आचार्य, भगीरथ नेपाल र सरिता डाँगी, शारदा आविका टंकनाथ नेपाल, शिवसरण श्रेष्ठ र गोविन्द विक, महेशपुर आविकी सुजता राजवंशीलाई सम्मान गरिएको छ । 

त्यस्तै पशुपतिनाथ आविका भुल्कादेवी पोखरेल र सावित्रा दाहाल, अरनिको माविका जीवन शर्मा गुरागाईँ, सरस्वती माविका लक्ष्मी मिश्र, सगरमाथा माविका केशव खनाल, आविकी सीताकुमारी पौडेल, भानु आविका शान्ता दवाडी र सीता विमलीलाई सम्मान गरिएको छ । त्यसैगरी भद्रपुर माविका होमनाथ गुरुङ, सीता आविकी विजयाकुमारी दाहाल, आदर्श आविका ललितकुमार लिम्बू, भृकुटी आविकी गीता पोखरेल, मेची आविका चमकलाल राजवंशी र नरमाया राजवंशी, वीरेन्द्र माविका छविलाल बराल र तोषल दाहाललाई सम्मान गरिएको छ ।  

सम्मानित तथा पुरस्कृत हुने शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, नगर कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक सीता गुरागाईँ, शिक्षा शाखाका प्रमुख पवित्रा ढकाल लगायतले सम्मान पत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा नगर प्रमुख पोखरेल, उपप्रमुख कार्की, सामाजिक विकास समितिकी संयोजक सीता गुरागाईँ, नेपाल शिक्षक महासंघका अध्यक्ष पुरुषोत्तम खरेल, सेवा निवृत्त शिक्षक होम गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन शिक्षा शाखाका कर्मचारी योगेन्द्र पौडेलले गरेका थिए ।

सम्बन्धित समाचार