२०८३ भाद्र २६ गते , शुक्रबार
ट्युबवेलमा भाँडा माझिरहेको अवस्थामा झापाका महिलामाथि जबरजस्ती करणी
झापा गाउँपालिकामा ट्युबवेलमा भाँडा माझिरहेको अवस्थामा एक जना महिलालाई जबरजस्ती करणी भएको खुलेको छ । भदौ २० गते राति ९ बजे झापा गाउँपालिका-७ मदरगाछ टोल बस्ने वर्ष ३५ का सन्त गणेशले वर्ष ३८ की महिलालाई ट्युबवेलमा नै जबरजस्ती करणी गरेका हुन् । खाना खाई घरबाहिर ट्युबवेलमा भाँडा माझिरहेको अवस्थामा गणेशले मादक पदार्थ सेवन गरी जबरजस्ती करणी गरेको पीडितले बताएकी छन् ।
आज साँझ जिल्ला प्रहरी कार्यालय झापामा आई पीडितले लिखित जाहेरी दिएपछि प्रहरी चौकी शरणामतिबाट टोली खटिएर गणेशलाई पक्राउ गरेको छ । उनलाई नियन्त्रणमा लिई जिप्रका झापातर्फ ल्याउने तयारी भइरहेको र पीडितलाई स्वास्थ्य परीक्षणको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।