२०८३ भाद्र २६ गते , शुक्रबार

इलाममा दुर्घटनाग्रस्त अटोमा आगलागी हुँदा ६ जना घाइते

sajilo news
इलाम
२०८३ भाद्र २६ गते , शुक्रबार
इलाममा दुर्घटनाग्रस्त अटोमा आगलागी हुँदा ६ जना घाइते

इलाममा अटो दुर्घटना भएर आगलागी हुँदा ६ जना घाइते भएका छन् । आज साँझ ५ बजे इलाम फाकफोकथुम गाउँपालिका ६ हाङ्मासुलीस्थित पोखरी–कमेरे भित्री कच्ची सडक खण्डमा मधेश प्र–०३–००३ ह ६९६७ नम्बरको अटोमा दुर्घटना भएर आगो लागेको हो ।  अटो अचानक अनियन्त्रित भई सडकबाट २ मिटर तल झरी पेट्रोल लिकेज भई आगलागी भएको हो ।

 दुर्घटनामा अटो चालक इलाम फाकफोकथुम गाउँपालिका ६ पोखरी बजार बस्ने वर्ष ३५ का लोकबहादुर श्रेष्ठ (अवस्था गम्भीर ) , इलाम नगरपालिका ७ तिल्केनी घर भई फाकफोकथुम गाउँपालिका ६ हाङ्मासुली माइती भएकी वर्ष २७ की कविता श्रेष्ठ (अवस्था गम्भीर ) ,कविता श्रेष्ठकी छोरी वर्ष ८ की खुसिका श्रेष्ठ (अवस्था गम्भीर ) ,देउमाई नगरपालिका ४ मङ्गलवारे घर भई फाकफोकथुम गाउँपालिका ६ हाङ्मासुली माइती भएकी वर्ष २२ की दुर्गादेवी श्रेष्ठ (अवस्था सामान्य ),फाकफोकथुम गाउँपालिका ६ हाङ्मासुली बस्ने वर्ष २७ की मन्दिरा थापा( अवस्था मध्यम ) र झापा कनकाई नगरपालिका माईधार घर भई फाकफोकथुम गाउँपालिका ६ हाङ्मासुली माइती भएकी वर्ष ४० की रमाकुमारी श्रेष्ठ (अवस्था सामान्य भएकोले माइतीतर्फ गएको ) घाइते भएका छन् । 

घाइतेहरूलाई उपचारको लागि झापातर्फ पठाइएको इलाम प्रहरीले जनाएको छ । आज कुशे औँसीका दिन बुवाको मुख हेर्न माइती हिँडेका महिलाहरू दुर्घटनामा परेको बताइएको छ ।

सम्बन्धित समाचार