२०८३ भाद्र २७ गते , शनिबार

मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा चालकको मृत्यु

sajilo news
मोरङ
२०८३ भाद्र २७ गते , शनिबार
मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा चालकको मृत्यु

विराटनगर महानगरपालिका–३ स्थित पोखरीया स्कुल नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।कञ्चनबारीबाट भट्टाचोकतर्फ जाँदै गरेको को ५ प २१७० नम्बरको मोटरसाइकल शनिवार बिहानका राति १ः५५ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आफैँ अनियन्त्रित भएर मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक विराटनगर महानगरपालिका–९ बसपार्क बस्ने ४५ वर्षीय रविकुमार कामतको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए । उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका कामतको उपचारका क्रममा कोशी अस्पतालमा बिहान २ः३० बजेतिर मृत्यु भएको हो । मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

सम्बन्धित समाचार