२०८३ भाद्र २८ गते , आईतबार

मोटरसाइकल दुर्घटनामा सीडीओका स्वकीयसहित दुईजनाको मृत्यु

sajilo news
झापा
२०८३ भाद्र २८ गते , आईतबार
मोटरसाइकल दुर्घटनामा सीडीओका स्वकीयसहित दुईजनाको मृत्यु

सुनसरीको इटहरीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । इटहरीबाट इनरुवा जाँदै गरेको मोटरसाइकल इटहरी ७ र १७ को सिमानामा रहेको डिभाइडरमा अनियन्त्रित भएर ठोक्किँदा त्यसमा सवार दुवै जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा इनरुवा–३ का २९ वर्षीय पारस थापा र सोही स्थानका ३४ वर्षीय सागर रेग्मी छन् । सागर जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत करारका कर्मचारी हुन् । उनी सुनसरीका प्रमुख जिल्ला अधिकारीको स्वकीयको रुपमा कार्यरत रहेको प्रहरीले जनाएको छ । यस्तै, पारसले भने केही समयअघि राजीनामा दिएका थिए । उनी पनि जिल्ला प्रशासन कार्यालयमा करारका कर्मचारी थिए ।

आज बिहानको राति २ बजेतिर सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डीएसपी सुवास हमालले बताए । दुर्घटनामा घाइते भएका दुबैलाई उपचारका लागि राति नै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उनीहरूलाई बिहान ५ बजे मृत घोषणा गरिएको थियो ।

सम्बन्धित समाचार