२०८३ भाद्र २८ गते , आईतबार

स्ट्रेट अफ होर्मुजमा जहाजमाथि फेरि आक्रमण, बढ्यो तेल आपूर्तिको जोखिम

sajilo news
एजेन्सी
२०८३ भाद्र २८ गते , आईतबार
स्ट्रेट अफ होर्मुजमा जहाजमाथि फेरि आक्रमण, बढ्यो तेल आपूर्तिको जोखिम

इरानसँग जोडिएको युद्धका कारण विश्वको महत्त्वपूर्ण ऊर्जा मार्गका रूपमा रहेको होर्मुज जलडमरुमा जहाजमाथि आक्रमणको नयाँ रिपोर्ट सार्वजनिक भएपछि विश्वव्यापी तेल आपूर्तिलाई लिएर चिन्ता थप बढेको छ। यसैबीच साउदी अरबले महत्त्वपूर्ण पूर्व–पश्चिम तेल पाइपलाइनसमेत अस्थायी रूपमा बन्द गरेको छ।

बेलायती नौसेनासँग सम्बद्ध युके मेरिटाइम ट्रेड अपरेसन (यूकेएमटीओ)ले आइतबार होर्मुज जलडमरु पार गरिरहेको एउटा जहाजमा प्रक्षेप्यास्त्रजस्तो वस्तु प्रहार भएको जानकारी प्राप्त भएको जनाएको छ। आक्रमणबाट जहाजमा कति क्षति भयो र चालक दलका सदस्यहरूको अवस्था कस्तो छ भन्ने तत्काल स्पष्ट नभएको यूकेएमटीओले जनाएको छ।

यो घटनाको एक दिनअघि साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो १ हजार २०० किलोमिटर लामो पूर्व–पश्चिम तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको थियो। इराक र साउदी अरब दुवैले उक्त ड्रोन आक्रमण इराकबाट भएको बताएका छन्। इराकमा इरानसमर्थित सशस्त्र समूहहरू सक्रिय छन्।

सम्बन्धित समाचार