२०८३ भाद्र २९ गते , सोमबार

झापामा ६ लाख ६० हजारको सामान बरामद

sajilo news
झापा
२०८३ भाद्र २९ गते , सोमबार
झापामा ६ लाख ६० हजारको सामान बरामद

झापामा भन्सार छलीका ६ लाख ६० हजार ९ सय रुपैयाँ बराबरको अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। मेचीनगर नगरपालिका–६ स्थित भन्सार ढाट सीमा इलाकाबाट आइतबार दिउँसो २ः३० बजे भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको स्पोर्ट सुज, कुर्ता तथा जामा बरामद गरिएको हो । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेक्वा काँकडभिट्टाबाट खटिएको बीआइटी टोली र मेची भन्सार कार्यालयको संयुक्त टोलीले चेकजाँचका क्रममा उक्त सामान बरामद गरेको हो।

बरामद गरिएका सामानमा ६ लाख २० हजार रुपैयाँ बराबरको १७० जोर स्पोर्ट सुज, ३६ हजार ५ सय रुपैयाँ बराबरको ७३ पिस कुर्ता र ४ हजार ४ सय रुपैयाँ बराबरको २२ पिस जामा गरी जम्मा ६ लाख ६० हजार ९ सय रुपैयाँ बराबरको सामान रहेका छन्। बरामद गरिएका उक्त सामान आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हे.क्वा झापाका डीएसपी जोगेन्द्र केसीले जानकारी दिए ।

सम्बन्धित समाचार