२०८३ भाद्र ३१ गते , बुधबार

मकवानपुरमा गाडी दुर्घटना, चार जनाको मृत्यु

sajilo news
झापा
२०८३ भाद्र ३० गते , मंगलबार
मकवानपुरमा गाडी दुर्घटना, चार जनाको मृत्यु

मकवानपुरमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । अन्य ४ जना घाइते भएका छन्।  इन्द्रसरोवर गाउँपालिका –०२ सुकौरामा यात्रुवाहक गाडी सडकबाट करिब १ हजार मिटर तल खस्दा चालकसहित ४ जनाको मृत्यु भएको हो।

मंगलबार दिउँसो करिब २ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको म प्र ०३–००१ ज ०७२० नम्बरको यात्रुवाहक इभी गाडी हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डअन्तर्गत सडकबाट करिब १ हजार मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा परी मृत्यु हुनेमा चारै जना पुरुष रहेका छन्। भने घाइतेहरुमध्ये २ जना महिला र २ जना पुरुष रहेका छन्। मृत्यु हुने र घाइतेहरुको थप विवरण आउन बाँकी रहेको छ। 

 

सम्बन्धित समाचार