२०८३ भाद्र ३१ गते , बुधबार
मोरङमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोरङको सुनवर्षी नगरपालिका–८ हर्चनगढी पुलमा मंगलबार राति भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृतक पनि भारतीय नागरिक हुन् ।
डाइनियाबाट सिक्टीतर्फ जाँदै गरेको बीआर ३८ एल ७९२० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर राति ९ः२० बजेतिर पुलबाट करिब ८ मिटर तल खसेको थियो । दुर्घटना भारतको अररिया थाना पलासी गोठगाउँ बस्ने अन्दाजी ४० वर्षीय मुना मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएपछि रङेली अस्पतालमा भर्ना गरिएका मण्डलको उपचारका क्रममा राति १०ः०५ बजेतिर मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सुन वर्षी–८ हर्चनगढीका अन्दाजी ३५ वर्षीय दीपेश मण्डल घाइते भएका छन् । सामान्य अवस्थाका उनको रङेली अस्पतालमै उपचार भइरहेको छ ।