२०८३ भाद्र ३१ गते , बुधबार
नापी कार्यालयका सर्वेक्षक एक लाख घुससहित पक्राउ
महोत्तरीको बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका अनुसार सर्वेक्षक शिवकुमार साह एक लाख घुससहित पक्राउ परेका हुन्।
जग्गाको ट्रायल चेक गरी नक्सा संशोधन गरिदिएबापन उनले सेवाग्राहीसँग एक लाख घुस लिएको आयोगले जनाएको छ। आयोगका अनुसार उनीविरुद्ध विशेष अदालतमा म्याद लिई अनुसन्धान भइरहेको छ।