२०८३ आश्विन २ गते , शुक्रबार

दिघलबैंकमा ७३ ग्राम ब्राउन सुगरसहित दुई नेपाली पक्राउ

sajilo news
झापा
२०८३ आश्विन २ गते , शुक्रबार
दिघलबैंकमा ७३ ग्राम ब्राउन सुगरसहित दुई नेपाली पक्राउ

नेपाल-भारत सीमा क्षेत्र भारत किशनगञ्ज जिल्लाको दिघलबैंक क्षेत्रमा ७३.०३ ग्राम ब्राउन सुगरसहित दुई नेपाली युवक पक्राउ परेका छन्। सीमावर्ती क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रणका लागि सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत सशस्त्र सीमा बल (एसएसबी) र दिघलबैंक प्रहरीले संयुक्त रूपमा उनीहरूलाई पक्राउ गरेको भारतीय सुरक्षा अधिकारीहरूले जनाएका छन्। पक्राउ परेका दुवै जना नेपाली नागरिक रहेको बताइए पनि उनीहरूको नाम, ठेगाना तथा उमेर भने प्रहरीले सार्वजनिक गरेको छैन।

सुरक्षा टोलीले शङ्कास्पद गतिविधि गरिरहेका उनीहरूलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा ७३.०३ ग्राम ब्राउन सुगर बरामद भएको जनाइएको छ। बरामद पदार्थ लागूऔषध भएको प्रारम्भिक परीक्षणबाट पुष्टि भएपछि दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि दिघलबैंक प्रहरीको जिम्मा लगाइएको बताइएको छ।

 

सम्बन्धित समाचार