२०८३ आश्विन ३ गते , शनिबार
बिर्तामोडमा यौन दुर्व्यवहारको आरोपमा एकजना पक्राउ
झापाको बिर्तामोडमा बाल यौन दुर्व्यवहारको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-५ का ४७ वर्षीय नारायण खरेल रहेका छन् । १७ वर्षकी नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले बिहीबार पक्राउ गरेको हो ।
पीडितले जाहेरी दिएपछि खरेललाई पक्राउ गरिएको र झापा जिल्ला अदालतबाट आज म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ । प्रहरी हिरासतमा रहेका खरेलको मुटुमा समस्या आएको भन्दै उनलाई उपचारका लागि मनमोहन अस्पतालमा भर्ना गरिएको छ ।