एमरेल्ड एकेडेमीमा सिङ्गिङ तथा डान्सिङ आइडल प्रतियोगिता सम्पन्न
भद्रपुर । झापाको भद्रपुर–७ स्थित एमरेल्ड एकेडेमीमा सिङ्गिङ तथा डान्सिङ आइडल प्रतियोगिता सम्पन्न भएको छ। विद्यार्थीमा लुकेर रहेका गायन तथा नृत्य प्रतिभालाई पहिचान तथा उजागर गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा गायनतर्फ ६ जना र नृत्यतर्फ ५ जना विद्यार्थीले सहभागिता जनाएका थिए।प्रतियोगितामा नृत्यतर्फ आयुषा लिम्बु प्रथम, सलिना तामाङ द्वितीय र एन्विसा लिम्बु तृतीय भएका छन्। त्यस्तै, गायनतर्फ शिक्षा परियार प्रथम, माङमा सुब्बा द्वितीय र एन्जल खत्री तृतीय भएका छन्।
विद्यालयका संस्थापक अध्यक्ष प्राडा. पृथ्वीविक्रम राईको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि भद्रपुर शाखाकी अधिकृत पवित्र ढकालले यस्ता कार्यक्रमले विद्यार्थीमा रहेका प्रतिभाको पहिचान र प्रस्फुटनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्। त्यस्तै विद्यालयका संस्थापक अध्यक्ष प्राडा राईले विद्यार्थीको प्रतिभा विकासका लागि विद्यालयले अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिँदै आएको बताए । विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि विद्यालयले हरेक वर्ष एमरेल्ड सिङ्गिङ आइडल तथा डान्सिङ आइडल आयोजना गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने विद्यालयका प्रधानाध्यापक डिगम्बरराज अधिकारीले बताए ।