२०८३ आश्विन ८ गते , विहीबार

झापामा बुलेट मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

sajilo news
झापा
२०८३ आश्विन ८ गते , विहीबार
झापामा बुलेट मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

झापामा बुलेट मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–८ का ४५ वर्षीय माइलो भनिने साइला माझी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार बुधवार साँझ ७ बजे अर्जुनधारा ६ कप्तानबारीस्थित शनिश्चरे बिर्तामोड सडक खण्डमा प्र १–०१–०१७ प ६५२८ नम्बरको बुलेट मोटरसाइकलले पैदल यात्री माझीलाई ठक्कर दिएको हो ।

गम्भीर घाइते भएका उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्‍याएको र उनको उपचारका क्रममा राति ११ः५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक अर्जुनधारा १ का २८ वर्षीय सुमन लिम्बू र मोटरसाइकललाई प्रहरी चौकी शनिश्चरेले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार