२०८३ आश्विन १२ गते , सोमबार

बिर्तामोड चिट्ठा काण्ड : एनके प्युरिफाई कम्पनीका दुई जना पक्राउ

sajilo news
झापा
२०८३ आश्विन ११ गते , आईतबार
बिर्तामोड चिट्ठा काण्ड : एनके प्युरिफाई कम्पनीका दुई जना पक्राउ

प्रतिबन्धित नेटवर्किङ व्यवसाय सञ्चालन गरी सर्वसाधारणबाट रकम असुल्दै आएको आरोप लागेका एनके प्युरिफाई कम्पनीका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सर्वसाधारणलाई ठगी गरेको आरोपमा एनके प्युरिफाई कम्पनीका सञ्चालकहरू माधवप्रसाद घिमिरे र मिलन अधिकारीलाई बिहीबार इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको हो । उनीहरूमाथि ठगी मुद्दामा शुक्रबार अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी सन्तोष पाठकले बताए ।

स्रोतले दिएको जानकारीअनुसार उक्त समूहको मुख्य नाइके इलामका राजन चाम्लिङलाई हुन् । चाम्लिङले केही समयअघि उक्त योजना नै मोटो रकममा बिक्री गरेर इलाम गएको र त्यहाँसमेत यस्तै गतिविधि सुरु गरेको स्रोतको दाबी छ ।

एनके प्युरिफाईले ९ हजार ९ सय ९९ जना सर्वसाधारणबाट प्रतिव्यक्ति ३५ हजार ५२० रुपैयाँका दरले रकम असुलेका थिए । उक्त हिसाबअनुसार सर्वसाधारणबाट ३२ करोड ५१ लाख ६७ हजार ४८० रुपैयाँ संकलन भएको देखिन्छ । एनकेले महँगो उपहारहरूमा धाँधली गरेको ठहर भएको छ । उसले वितरण गरेको वाटर प्युरिफाई मेशिन पनि कमसल खालको रहेको ग्राहकहरूले बताएका छन् ।

बिर्तामोडकै साँची ग्रुपका सञ्चालक सञ्जीव प्रधान, रमेश उप्रेती, रमेश अधिकारीले समेत यस्तै प्रतिबन्धित चिट्ठा उडाएर सर्वसाधारण ठग्ने गरेको पाइएको छ । उनीहरूले वास्तविक सदस्य सङ्ख्याभन्दा बढी सदस्य रहेको देखाउने, नक्कली सदस्य खडा गरेर पुरस्कार विजेता बनाउने र त्यस्तो पुरस्कार रकम कम्पनीमै राख्ने गरेको प्रमाणसमेत फेला परेको छ।

सम्बन्धित समाचार