२०८३ आश्विन ११ गते , आईतबार

अर्जुनधाराबाट लागूऔषधसहित दुई कारोबारी पक्राउ

sajilo news
झापा
२०८३ आश्विन ११ गते , आईतबार
अर्जुनधाराबाट लागूऔषधसहित दुई कारोबारी पक्राउ

झापाको अर्जुनधारा नगरपालिका-८ शनिश्चरे बजारबाट लागू औषधसहित दुई कारोबारी पक्राउ परेका छन् । आज दिउँसो १ बजे लागू औषध नियन्त्रण ब्यूरो शाखा काँकडभिट्टाबाट खटिएको टोलीले लागू औषधसहित दुई कारोबारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा अर्जुनधारा- ८ शनिश्चरे बजारका ३८ वर्षीय प्रमोद साह र अर्जुनधारा- १ सिस्ने बस्ने २३ वर्षीय राज विष्ट रहेका छन् । उनीहरूको साथबाट प्लास्टिकबाहेक १० ग्राम २०० मिलिग्राम ब्राउन सुगर फेला परेको छ । उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार