२०८३ आश्विन ११ गते , आईतबार
भद्रपुरमा सोमबार ९ घण्टा विद्युत सेवा अवरुद्ध हुने
भद्रपुर । नेपाल विद्युत प्राधिकरण भद्रपुर वितरण केन्द्रले ११ केभी चन्द्रगढी फिडरअन्तर्गतका विभिन्न क्षेत्रमा सोमबार विद्युत सेवा अवरुद्ध हुने जनाएको छ।
वितरण केन्द्रका अनुसार विद्युत लाइनको छेउछाउमा रहेका हाँगा–बिँगा काट्ने तथा लाइन व्यवस्थापन गर्ने कार्यका लागि सोमबार बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको छ । चन्द्रगढी फिडरअन्तर्गत पर्ने विभिन्न क्षेत्र तथा सो आसपासका क्षेत्रमा आलोपालो गरी विद्युत सेवा बन्द गरिने वितरण केन्द्रले जनाएको छ।
विद्युत लाइनमा रहेका हाँगा–बिँगा काट्ने कार्यका क्रममा हुन सक्ने जोखिम न्यूनीकरण तथा विद्युत आपूर्ति व्यवस्थापनका लागि सेवा अवरुद्ध गर्नुपरेको प्राधिकरणले जनाएको छ। निर्धारित समयअघि नै काम सम्पन्न भएमा विद्युत सेवा पुनः सञ्चालन हुन सक्ने जनाइएको छ।