२०८३ आश्विन १४ गते , बुधबार
कांग्रेस झापा- ३ को क्षेत्रीय सभापतिमा भट्टराई निर्वाचित
भद्रपुर । नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिमा गिताप्रसाद भट्टराई निर्वाचित भएका छन् । गएराति सम्पन्न मतगणना अनुसार ३४० मत ल्याई भट्टराई सभापतिमा विजयी भएका हुन् । उनका प्रतिष्पर्धी राम दुलालले २६९ मत पाएका छन् । सभापतिमा निर्वाचित भट्टराई यसअघि क्षेत्रीय सचिव रहेका थिए ।
त्यस्तै क्षेत्रीय सह–सचिवमा सन्जिबकुमार सिंह राजवंशी विजयी भएका छन् । २१९ मतसहित उनी विजयी बनेका हुन् । उनका प्रतिष्पर्धीहरु सरोज कोइरालाले १८० र सन्तोष थापाले १६३ मत ल्याएका छन् ।
त्यस्तै खुला क्षेत्रीय सदस्यमा सरोज बिमली– ३०९, तोयानाथ अधिकारी – २९० र मोहनप्रसाद शिवाकोटी – २८६ मतसहित निर्वाचित भएका छन् ।