२०८३ कार्तिक १ गते , शनिबार

बिस्कुट घाँटीमा अड्किएर झापामा ३ वर्षीय बालकको मृत्यु

sajilo news
झापा
२०८३ आश्विन २९ गते , विहीबार
बिस्कुट घाँटीमा अड्किएर झापामा ३ वर्षीय बालकको मृत्यु

झापाको बिर्तामोडमा बिस्कुट घाँटीमा अड्किएर ३ वर्षीय बालकको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका ९ घर भई बिर्तामोड नगरपालिका ९ स्थित मावलमा बस्दै आएका मनिश पाठकका ३ वर्षीय छोरा हरिराम पाठकको मृत्यु भएको हो । बिहीबार दिउँसो ४।४० बजे घाँटीमा बिस्कुट सड्किएर सिकिस्त बनेका बालकलाई उपचारका लागि बिर्तामोड नगर अस्पतालमा लगिएको थियो । साँझ ५।१५ बजे डाक्टरले चेकजाँच गर्दा बालकको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार