२०८३ कार्तिक १ गते , शनिबार

झापामा मोटरसाइकल चोरेर भारतीय बजारमा ३ हजारमा बेच्ने युवक पक्राउ

sajilo news
झापा
२०८३ आश्विन ३० गते , शुक्रबार
झापामा मोटरसाइकल चोरेर भारतीय बजारमा ३ हजारमा बेच्ने युवक पक्राउ

भारतको बिहारस्थित दिघलबैंक बजारमा चोरेको मोटरसाइकल बेच्दै गर्दा झापाका एक युवक पक्राउ परेका छन् । गएराति करिब १०ः१५ बजे दिघलबैंक बजारबाट गौरीगंज गाउँपालिका–१ का २८ वर्षीय पूर्ण राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनी रविन कार्कीको नाममा दर्ता रहेको प्रदेश १–०१–०१४ प ७७५४ नम्बरको मोटरसाइकल चोरी गरी दिघलबैंक बजारमा बेच्ने क्रममा थिए । लागूऔषध सेवनकर्ता राईले सो मोटरसाइकल ३ हजार रुपैयाँमा बिक्री गर्न लागेका थिए ।

इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले भारतीय प्रहरी तथा स्थानीय निकायसँग समन्वय गरी युवक र मोटरसाइकललाई नियन्त्रणमा लिएको हो । चोरीको मोटरसाइकल र चोरी गर्ने राईलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय झिलझिलेमा बुझाइएको छ ।

एक–दुई दिन अगाडि नै सो मोटरसाइकल चोरी भएको थियो । अहिलेसम्म मोटरसाइकल हराएको भनेर जाहेरी नपरेको बताउँदै घटनाबारे थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

सम्बन्धित समाचार