२०८३ कार्तिक १ गते , शनिबार
झापाका जालिम दुई लाख भारुसहित सीमा क्षेत्रमा समातिए
नेपाल– भारत अन्तर्राष्ट्रिय सीमामा एसएसबीका जवानहरूले एक नेपाली नागरिकलाई पक्राउ गरेका छन् । पक्राउ पर्ने नेपालीको साथबाट २ लाख १ हजार २०० भारतीय मुद्रा र एउटा यामाहा मोटरसाइकल बरामद भएको छ । पक्राउ पर्नेमा झापा बाह्रदशी ३ राजगढका ४४ वर्षीय मोहम्मद जालिम रहेका छन् ।
१९ औ वाहिनी एसएसबीको एफ कम्पनी धनतोलाका जवानहरूले मंगलवार साँझ सीमा स्तम्भ सङ्ख्या १२८ नजिक जालिमलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएका हुन् । एक जना व्यक्ति धेरै भारतीय रकमसहित नेपालबाट भारतर्फ जान लागेको सूचना पाएर एसएसबीका जवानहरूले गस्ती बढाएका थिए ।