२०८३ कार्तिक १ गते , शनिबार

एनपीएलले पायो आईसीसीको औपचारिक मान्यता

sajilo news
झापा
२०८३ आश्विन ३० गते , शुक्रबार
एनपीएलले पायो आईसीसीको औपचारिक मान्यता

अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म सञ्चालन हुने ‘नेपाल प्रिमियर लिग’ एनपीएलको तेस्रो संस्करणलाई अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले औपचारिक मान्यता प्रदान गरेको छ।  नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएको हो ।   

विज्ञप्तिमा आईसीसीबाट प्राप्त स्वीकृतिबारे उल्लेख गर्दै क्यानले भनेको छ, ‘आईसीसीबाट प्राप्त उक्त मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास नेपाल क्रिकेट संघले लिएको छ।’  

प्रतियोगितालाई विश्वमञ्चमा स्थापित गराउने उद्देश्यका साथ क्यानले आईसीसीप्रति आभार प्रकट गर्दै थप भनेको छ, ‘यो महत्त्वपूर्ण मान्यताका लागि आईसीसीप्रति नेपाल क्रिकेट संघ हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ।’  आईसीसीको मान्यता पाएसँगै फ्रेन्चाइज टोलीहरूले अब निर्वाध रूपमा विदेशी खेलाडीहरू अनुबन्ध गर्न सक्ने छन्।

सम्बन्धित समाचार