२०८३ कार्तिक ४ गते , मंगलबार

अवैध चिठ्ठासहित दुई जना पक्राउ

sajilo news
झापा
२०८३ कार्तिक १ गते , शनिबार
अवैध चिठ्ठासहित दुई जना पक्राउ

नेपाल र भारतमा अवैध रूपमा चिठ्ठा बिक्री वितरण गर्ने कार्यमा संलग्न रहेको आरोपमा भारतको किशनगञ्जमा दुई जना पक्राउ परेका छन् ।

भारतीय प्रहरीले हिजो किशनगञ्जस्थित एमजीएम कलेजको गेट नम्बर ०३ नजिकबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा शुबुल सिंह भनिने ४५ वर्षीय सञ्जय सिंह र ४२ वर्षीय अमित चौहान रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूको साथबाट २८ हजार १० भारतीय रुपैयाँ मूल्य बराबरको अवैध चिठ्ठा तथा ५ हजार ५७० भारतीय रुपैयाँ नगद बरामद गरिएको छ । बरामद चिठ्ठा र नगदसहित उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

नेपाल–भारत सीमावर्ती क्षेत्रमा चिठ्ठाको कारोबार हुने गरेको सन्दर्भमा उनीहरूको पक्राउलाई चासोका साथ हेरिएको छ ।  पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढिरहेको किशनगञ्ज प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार