२०८३ कार्तिक ४ गते , मंगलबार
इलाममा धारिलो हतियार प्रहारबाट एकजनाको हत्या
इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहारबाट एक पुरुषको मृत्यु भएको छ। रोङ गाउँपालिका–३ पात्लेडाँडा बस्ने ५५ वर्षीय कमल परियार आफ्नै घरको बरण्डामा दाहिने खुट्टा, बायाँ हात र टाउकोमा धारिलो हतियारले प्रहार गरिएको अवस्थामा मृत फेला परेका हुन्।
आज बिहान ८ः३० बजे स्थानीयले घटनाबारे जानकारी गराएपश्चात् तत्काल प्रहरी टोली घटनास्थलमा खटिएर घटनास्थल सुरक्षित राखी अनुसन्धान अघि बढाएको छ। घटनास्थलबाट एउटा हतियारसमेत बरामद गरिएको छ।
हत्यामा संलग्न व्यक्ति हाल फरार रहेकाले तीव्र रूपमा खोजी भइरहेको छ। कमल परियार विगत चार वर्षदेखि घरमा एक्लै बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाम प्रहरीले जनाएको छ ।