२०८३ कार्तिक ४ गते , मंगलबार
झापाको अर्जुनधारामा नगदसहित ६ जना जुवाडे पक्राउ
झापाको अर्जुनधाराबाट तास र नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन् । गएराति १०ः१० बजे अर्जुनधारा नगरपालिका-५ ओमचौकस्थित सीताराम थापाको घरमा अवैध रूपमा तास खेलाइरहेको अवस्थामा ती जुवाडे पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा अर्जुनधारा-५ का ४१ वर्षीय किशोर थापा, ५५ वर्षीय सीताराम थापा, ४२ वर्षीय यम चौहान, ४५ वर्षीय नीरजकुमार खनाल, ३८ वर्षीय बलबहादुर बुढाथोकी र ३४ वर्षीय रोहित अधिकारी रहेका छन् ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा नगद १ लाख २२ हजार ७८० रुपैयाँ, २ बुङ तास बरामद भएको छ । उनीहरूलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।