२०८३ कार्तिक ४ गते , मंगलबार
झापाको कमलमा करेन्ट लागेर एकजनाको मृत्यु
झापाको कमलमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । शुक्रबार बिहान ११:३० बजे कमल गाउँपालिका १ बस्ने सानीआमा मिनाकुमारी बोहोराको घरमा आएका गौरादह नगरपालिका-७ बस्ने ४१ वर्षीय कमल बस्नेतको करेन्ट लागेर मृत्यु भएको हो । मोटरबाट धानमा पानी हाल्ने क्रममा बस्नेतलाई अचानक करेन्ट लागेको थियो । घाइतेलाई लाइफलाइन अस्पताल दमकमा ल्याई उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।