२०८३ कार्तिक ४ गते , मंगलबार

कोलकाताको दुर्गा पूजा पण्डालमा भागदौड, १९ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८३ कार्तिक २ गते , आईतबार
कोलकाताको दुर्गा पूजा पण्डालमा भागदौड, १९ जनाको मृत्यु

भारतको कोलकातामा दुर्गा पूजा पण्डालको एक भाग भत्किएपछि मच्चिएको भागदौडमा १९ जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।

उत्तरी कोलकाताको चोरबागान सार्वजनिक दुर्गा पूजा पण्डालमा सप्तमीको साँझ भारी वर्षाका बीच ठूलो संख्यामा मानिसहरू जम्मा भएका बेला दुर्घटना भएको बताइएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार भीडको चाप बढेपछि पण्डालको एक भाग भत्किँदा भागदौड मच्चिएको हो ।

घटनामा घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल लगिएको छ । दुर्घटनापछि घटनास्थलमा उद्धार तथा राहत कार्य सञ्चालन गरिएको जनाइएको छ।

घटनाबारे पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दुले अनुसन्धान गर्न आदेश दिएका छन् । दुर्घटनाको कारण र व्यवस्थापनमा भएको सम्भावित कमजोरीबारे अनुसन्धानपछि थप विवरण खुल्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार