२०८३ कार्तिक २७ गते , विहीबार

पूर्वी नेपालमा भूकम्पको धक्का महसुस

sajilo news
झापा
२०८३ कार्तिक २७ गते , विहीबार
पूर्वी नेपालमा भूकम्पको धक्का महसुस

पूर्वी नेपालमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ४ बजेर ४५ मिनेटमा गएको भूकम्पका कारण पूर्वी नेपालका विभिन्न जिल्लामा धक्का महसुस गरिएको स्थानीय बासिन्दाले बताएका छन् । पूर्वी नेपालका हिमाली तथा तराईका विभिन्न जिल्लामा धक्का महसुस भएको हो ।

भूकम्पको धक्का नेपालसहित भारत, भुटान र चीनमा समेत महसुस गरिएको छ । भूकम्पबाट भएको सम्भावित क्षतिको विवरण भने प्राप्त हुन बाँकी छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणको प्रारम्भिक जानकारीअनुसार ताप्लेजुङको लेलेपबाट झन्डै २० किलोमिटर उत्तरतर्फ केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

सम्बन्धित समाचार