२०८३ बैशाख ३ गते , विहीबार

मेचीनगरमा ब्राउन सुगरसहित दुई जना पक्राउ 

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ ७ गते , शुक्रबार
मेचीनगरमा ब्राउन सुगरसहित दुई जना पक्राउ 

झापा । निषेधाज्ञामा पनि प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका ६ बद्री टोल बस्ने २६ वर्षीय सुमन दनुवार र दमक नगरपालिका ५ बस्ने २१ वर्षीया समिता राई रहेका छन् । शुक्रवार दिउँसो १ बजे मेचीनगर ६ बद्री टोलमा लागू औषधको खरिद बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा सीमा प्रहरी चौकी नकलबन्दा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । सुमनले समितालाई ब्राउन सुगर बिक्री गर्दै गरेको अवस्थामा पाँच ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार