२०८३ बैशाख ३ गते , विहीबार
औषधि कालोबजारी गर्ने मेडिकल सञ्चालक पक्राउ
झापा । औषधि कालोबजारी गर्ने मोरङ विराटनगर–१५ रानी स्थित जनता मेडिकल स्टोर सञ्चालन गर्ने सोही स्थानका ३५ वर्षीय रविकुमार रजकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा रजकको घर कोठाबाट फिजिसियन स्याम्पलका औषधिहरू, मुटु सम्बन्धीका औषधिहरू, पेनकिलर, एन्टिबाईटिक, इन्जेक्सन, बच्चाको कफ सम्बन्धी औषधिहरू र सेनीटाईजर लगायत ४६ कार्टुन, एक बोरा र ७ कार्टुन लेवलिङ गरेको औषधीको खोलहरू बरामद गरेको हो ।
उनले औषधिहरू भण्डारण गर्ने र कालोबजारी गरी झुक्क्याई बिक्री वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेसँगै कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।