२०८३ बैशाख ४ गते , शुक्रबार
अमेरिकामा आँधी र बाढीमा परि तीन नेपालीको मृत्यु
एजेन्सी । अमेरिकाको न्यूयोर्कमा आइडा नामक आँधी र बाढीमा परि तीन जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका–२ जुनवेशी स्थायी घर भइ हाल न्युयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा, उनकी पत्नी मिङमार शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा रहेका छन् ।
हालसम्म उक्त आँधीमा परि ज्यान गुमाउनेहरुको संख्या ४० पुगेको छ । देशको पूर्वोत्तर भागमा अचानकको बाढी र आँधीबेहरीको चपेटामा परी ४० जनाभन्दा धेरैको ज्यान गएको हो । अहिले न्यूयोर्क र न्यूजर्सी राज्यमा अस्वाभाविक वर्षा भइरहेको छ। समुद्री आँधी आइडाका कारण त्यहाँ अहिलेसम्मकै उच्च वर्षा भएको हो ।