२०८३ बैशाख ३ गते , विहीबार
भारतको सिक्किममा ‘कबड्डी ४’ प्रदर्शनमाथि रोक
भारतको पूर्वी राज्य सिक्किममा दयाहाङ राईको चलचित्र ‘कबड्डी ४’ प्रदर्शन गर्न नपाइने भएको छ। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यभर चलचित्र प्रदर्शन गर्न नपाइने बताएका हुन्। तामाङले राज्यका नागरिक र विभिन्न संस्थाको संवेदनालाई ख्याल राख्दै प्रदर्शनमा रोक लगाउने निर्णय भएको बताएका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सिक्किमका जनता, विभिन्न संघसंस्था र संगठनको भावनालाई ध्यानमा राख्दै राज्य सरकारले विवाद समाधान नभएसम्म सिक्किममा कबड्डी ४ को प्रदर्शनमा रोक लगाइन्छ।'