२०८३ बैशाख ३ गते , विहीबार

प्रियंका जोशीलाई मिस नेपालको ताज 

sajilo news
झापा
२०७९ असार ४ गते , शनिबार
प्रियंका जोशीलाई मिस नेपालको ताज 

सन् २०२२ को मिस नेपालको ताज प्रियंका रानी जोशीले पहिरिएकी छन्। शनिबार काठमाडौंमा भएको ग्राण्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै जोशी मिस नेपाल २०२२ बनेकी हुन्।

त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए। गोदावरीको नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा भएको फिनालेमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए।​

प्रियंकालाई पूर्व मिस नेपाल नम्रता जोशीले ताज लगाइदिएकी थिइन्। यस वर्षको मिस नेपालमा २४ जना युवतीहरुले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको आयोजना द हिडन ट्रेजरले गरेको हो।

सम्बन्धित समाचार