२०८३ बैशाख ३ गते , विहीबार

स्वास्थ्य बिमाको रकम ३ अर्ब थपेर १० अर्ब पुर्‍याइयो

sajilo news
झापा
२०८२ जेष्ठ १५ गते , विहीबार
स्वास्थ्य बिमाको रकम ३ अर्ब थपेर १० अर्ब पुर्‍याइयो

सरकारले आगामी वर्षको स्वास्थ्य बिमा कार्यक्रमका लागि १० अर्ब बजेट छुट्याएको छ।उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संसद्‍मा आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन। 

उनले भनेका छन्, 'आगामी वर्षको स्वास्थ्य बिमा कार्यक्रमका लागि १० अर्ब बजेट छुट्याएको छु भने हालसम्म बिमा बोर्डबाट तिर्नुपर्ने दावी भुक्तानी पनि आगामी आवभित्रै तिरेर सक्ने योजना ल्याएको छु।'

यस्तै अर्थमन्त्री पौडेलले बिमाको दोहोरोपन हटाइने र बिमाको पुर्नसंसरचना गरिने जनाए।  बिमा कार्यक्रमतर्फ चालु आवमा ७ अर्ब बजेट सरकारले विनियोजन गरेको थियो। जसअनुसार आगामी वर्ष सरकारले बिमातर्फको बजेट बढाएको हो। 

सम्बन्धित समाचार